बागलुङमा ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण
बाग्लुङ | माघ २६, २०७९
तस्बिर साभार
बागलुङ : बागलुङको जैमिनी नगरपालिका-१ ले ज्येष्ठ नागरिकहरूलाई ब्ल्यांकेट वितरण गरेको छ।
वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै न्यानो कपडा ब्ल्यांकेट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताए।
वडाध्यक्ष आचार्यले ९० वर्ष माथिका ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्नका लागि र उदास हुने उमेरमा हौसला प्रदान गर्नको लागि गर्मी र जाडो दुवै समयमा ओड्न काम लाग्ने ब्ल्यांकेट प्रदान गरिएको बताए।
उनले वडामा १० जना ९० वर्ष माथिका ज्येष्ठ सदस्य रहेपनि सात जनालाई वितरण गरिएको र तीन जना बाहिर रहेकाले पछि सम्मान गरिने बताए।
‘वृद्ध उमेरमा ज्येष्ठ नागरिकहरूलाई स्थानीय सरकार उनीहरूको साथमा रहेको अनुभूति दिलाउन सम्मान गरिएको हो, वडा अध्यक्ष आचार्यले भने,‘स्थानीय तहको विकासको लागि ज्येष्ठ नागरिकहरूबाट सल्लाह र सुझाव लिएर अगाडि बढ्ने छौं।’
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । ...
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

